जिप तोडफोड गर्ने १३ जनालाई मुद्दा दर्ता गरेर कारबाही थालियो
thahakhabar.com

खोटाङ : दिक्तेलबाट काठमाडौँ जाँदै गरेको जिप तोडफोड गरेको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध प्रहरीले आज मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ।
बिपी राजमार्गअन्तर्गत दिक्तेल–काठमाडौँ सडकखण्डको भकुण्डेबेँसीस्थित पात्लेखेतमा बुधवार तुवाचुङ मारातिका यातायात प्रालिको ना१ज ६१७२ नम्बरको जिप तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेले आपराधिक उपद्रव कसुरअन्तगर्तको मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)