लिङ्देनसँग डेढ वर्ष भिडेर निस्किए धवल शम्शेर, दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी बनाउने
setopati.com · Wed Jun 03 05:18:27 GMT 2026

छुट्टै राजनीतिक प्रतिवेदन ल्याएर अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि चुनौती दिँदै पार्टीभित्र प्रतिपक्षी आवाजको अगुवाइ गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा अन्तत: राप्रपा नै परित्याग गरी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन्।
राणाले २०८१ माघ ११ देखि १३ गतेसम्म धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा ६ पृष्ठको बेग्लै राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा व्यापक छलफल भएको थियो। अध्यक्ष लिङ्देनले केन्द्रीय समिति निर्णयमै महामन्त्री राणाको बेग्लै प्रतिवेदनमाथि छलफल गरिएको कुरा लेखेर उक्त प्रतिवेदनलाई संस्थागतसमेत गराएका थिए। तैपनि लिङ्देन र राणाबीच मन मिल्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

दुर्गा प्रसाईं