घरमै बसेर स्याटेलाइट तस्बिरबाट भवन र सडकको नक्साङ्कन, बाढी उद्धारमा सहयोग
onlinekhabar.com · Sat Aug 29 11:59:19 GMT 2026

१३ भदौ, काठमाडौं । नेपालको बाढी उद्धार अभियानले विपद् प्रभावित क्षेत्रभन्दा हजारौँ किलोमिटर टाढा रहेका स्वयंसेवकको सहयोग लिन थालेको छ। स्याटेलाइट तस्बिरमार्फत भवन र सडकको नक्साङ्कन गरेर उद्धारकर्मीलाई प्रभावित स्थान पहिचान गर्न सहयोग गर्न सकिन्छ।
विश्वव्यापी गैरनाफामूलक मानवीय नक्साङ्कन संस्था ‘ ह्युमेनिटेरियन ओपनस्ट्रिटम्याप टिम’ (हट) ले प्रधानमन्त्रीको कार्यालयसहित विभिन्न साझेदारसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रको नक्साङ्कन गरिरहेको छ। यसको उद्देश्य उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक भौगोलिक सूचना उपलब्ध गराउनु हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)