बाढीमा नौ जलविद्युत् आयोजनाका ५३७ जना सम्पर्कविहीन
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न नौ वटा जलविद्युत् आयोजनाहरूमा कार्यरत ५३७ जना कर्मचारी तथा कामदारहरू अझै पनि सम्पर्कविहीन अवस्थामा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।
इप्पानका अनुसार बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाहरूमा कार्यरत कुल ८९८ जना मानिसहरू बाढी गएलगत्तै सम्पर्कविहीन बनेका थिए, जसमध्ये हालसम्म ३६१ जनाको सकुशल उद्धार भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)