अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
nepalsamaya.com · Sat Jul 18 11:05:35 GMT 2026

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख आठ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।
आव २०८१/८२ को तुलनामा गत आवमा दोब्बर बढी पर्यटक यहाँ आएकाे बताउँदै आयोजना प्रमुख रवीन कडारियाले आव २०८१/८२ दुई लाख ७८ हजार ११३ जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका जानकारी दिए। ‘गत आवमा पर्यटक आगमनमा नयाँ अभिलेख कायम भएको छ, सबैभन्दा बढी तीन लाख ७५ हजार ७९७ भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)