ग्लोबल कन्जुमर एक्स्पो–२०२६ जुन १२ देखि काठमाडौंमा
baahrakhari.com · Wed Jun 03 06:07:03 GMT 2026
काठमाडौं । ‘ग्लोबल कन्जुमर एक्स्पो–२०२६’ को दोस्रो संस्करण जुन १२ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने भएको छ । इभेन्ट सोलुसनले सोमबार विज्ञप्ति जारी गर्दै एक्स्पोबारे औपचारिक घोषणा गरेको हो ।
‘शपिङको नयाँ ठेगाना’ भन्ने नारासहित आयोजना हुने उक्त मेलामा स्वदेशी तथा विदेशी ब्रान्ड, नवप्रवर्तनकारी व्यवसाय र हजारौँ उपभोक्ताको सहभागिता रहने आयोजकले जनाएको छ । मेलाले व्यवसाय–देखि–व्यवसाय तथा व्यवसाय–देखि–उपभोक्तानेटवर्क विस्तार गर्ने उद्देश्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)