लुम्बिनी प्रदेश सरकार : एमालेका चार मन्त्रीले राजीनामा दिँदै
annapurnapost.com · Wed Jun 03 06:10:55 GMT 2026

दाङ : लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्री फेरिने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन् । उनीहरूको राजीनामा बेलुका ४ बजेसम्म आउने बताइएको छ।
कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)