युवालाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
baahrakhari.com · Sat Jul 18 11:30:50 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले युवालाई विदेश पलायनभन्दा स्वदेशमै बसेर उद्यम गर्न आग्रह गरेका छन् । सोफा हब काठमाडौं प्रालिको छैटौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले युवालाई स्वदेशमै अवसर सिर्जना गर्दै उद्यमशीलताको बाटो रोज्न आग्रह गरेका हुन् ।
अग्रवालले उद्योग तथा व्यापारको दिगो विकासका निम्ति नीतिगत स्थिरता, लगानीमैत्री वातावरण तथा सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । चेम्बरले निजी क्षेत्रका समस्या समाधान, स्वदेशी उद्योगको प्रवर्द्धन, स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न निरन्तर पहल गरिरहेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)