प्रचारप्रसारको अभावमा ओझेलमा गौरीगाउँ ताल
nagariknews.nagariknetwork.com · Sat Jul 18 11:30:17 GMT 2026

तुलसीपुर उपमहानगरपालिका–१० मा रहेको गौरीगाउँ ताल पर्यटकीय दृष्टिले आकर्षक भए पनि प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ। स्थानीयका अनुसार पर्यटन प्रवर्द्धनका लागि पर्याप्त पहल नहुँदा बजार नजिकै रहेको यो प्राकृतिक सम्पदा अपेक्षाअनुसार पर्यटक आकर्षित गर्न सकेको छैन।
तुलसीपुर बजारबाट दक्षिणतर्फ छोटो दूरीमा रहेको करिब आठ बिघा क्षेत्रफलमा फैलिएको यस तालको आफ्नै ऐतिहासिक महत्त्व छ। पहिले यहाँ सातवटा छुट्टाछुट्टै ताल रहेकामा अहिले ती सबैलाई एकीकृत गरेर एउटै ठूलो तालको स्वरूप दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)