इराकद्वारा अमेरिकासँग ४८ वटा सम्झौता
barnanmedia.com · Sat Jul 18 11:37:43 GMT 2026

इराकले प्रधानमन्त्री अली अल-जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ । तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएको छ ।
तेल स्रोतमा धनी भए पनि इराक दशकौँ लामो युद्ध र राजनीतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ । कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल निर्यात प्रभावित भई राजस्वमा कमी आएपछि इराकले तत्काल आर्थिक सुधारका उपाय अघि बढाउनुपर्ने अवस्था रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)