त्रिशूली ३बी उद्धार : भारतीय र चिनियाँ विज्ञ टोली खटियो
nepalsamaya.com · Sat Aug 29 12:05:04 GMT 2026

काठमाडौं। काठमाडौं बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारमा विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी रहेको छ।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ। सरकारको अनुमतिपश्चात् ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)