रसुवा बाढी : २ सय ३३ शव व्यवस्थापनका लागि लगिँदै
khabarhub.com · Sat Aug 29 12:08:15 GMT 2026

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन सुरु गरिएको छ। चितवनको देवघाट क्षेत्रमा रहेको वनमा शवलाई गाडेर व्यवस्थापन गर्न लागिएको हो।
पहिलो चरणमा चार वटा शव वाहनमार्फत शवलाई व्यवस्थापनस्थलतर्फ लगिएको छ। चितवनमा हालसम्म बाढीमा परेका २ सय ३३ वटा शव भेटिएकोमा ६ वटा शवको मात्र पहिचान भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)