सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
ratopati.com · Sat Jul 18 11:53:54 GMT 2026

काठमाडौँ । निहारिका राजपूत र बिनु यादवले शनिवार सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका छन् । गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध भएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध जनाएका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै निहारिका राजपूतले पत्रकार र मेयर हुँदा आफ्नो मुद्दामा साथ दिएका रवि लामिछाने र बालेन्द्र साह अहिले सत्ता र शक्तिमा पुगेपछि मौन रहेको आरोप लगाइन् । पीडितहरूले सिंहदरबार प्रवेशका लागि पास भए पनि प्रहरीले भित्र जान नदिएको र करिब चार घण्टासम्म बाहिरै कुराएको गुनासो गरे । धर्नाका क्रममा प्रहरीसँगको घर्षणमा आफ्ना लुगा च्यातिएको र शारीरिक चोट समेत लागेको उनीहरूको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)