कोशी राजमार्ग, भेडेटार-रवि-राँके र तमोर कोरिडोरमा सवारी सञ्चालनमा रोक
onlinekhabar.com · Sat Jul 18 11:56:55 GMT 2026

२ साउन, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेअनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।
अविरल वर्षाको सम्भावना र त्यसबाट हुन सक्ने बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)