वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
ratopati.com · Sat Jul 18 12:07:52 GMT 2026

पर्सा । वीरगन्जको छपकैया र आसपासका क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु भएको छ। छपकैयामा सञ्चालित ३३–११ केभी सब–स्टेसनमा वैकल्पिक ओभरहेड लाइन निर्माण सम्पन्न भएसँगै यस क्षेत्रको विद्युत् आपूर्तिमा दीर्घकालीन समाधान खोजिएको हो ।
अब उक्त सब-स्टेसनलाई दुई वटा स्रोतबाट बिजुली दिन सकिने गरी सम्पूर्ण अवरुद्ध क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । असार ३१ गते दिउँसो करिब ४ बजे नगवा पोखरीदेखि छपकैया सब-स्टेसनसम्म बिछ्याइएको ३३ केभीको भूमिगत केबलमा खराबी आएपछि त्यस क्षेत्रमा बत्ती निभेको थियो। केबलमा समस्या देखिए लगत्तै प्राविधिक टोली मर्मतमा खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)