भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
annapurnapost.com · Sat Jul 18 12:02:02 GMT 2026

भक्तपुर : मध्यपुर थिमि–५ स्थित एसएस चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । शनिबार अपराह्न करिब साढे १२ बजे एसएस कलेजबाट बाटो काटी बागमती पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नम्बरको मोटरसाइकल र नयाँथिमि चोकबाट राधेराधेतर्फ आउँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ । उदयपुरको कटारी–२ घर भई काठमाडौंको तीनकुने बस्ने १९ वर्षीय कविर कार्कीको ज्यान गएको प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक कुमार कार्कीले बताए । दुर्घटनापछि गम्भीर घाइते भएका कविरको मध्यपुर अस्पतालमा उपचारको क्रम्मा ज्यान गएको उनले जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)