स्थलनाकामा पाँचसय रुपैयाँसम्मको सामानमा भन्सार लचकता
ratopati.com · Wed Jun 03 07:16:04 GMT 2026

काठमाडौँ । सरकारले स्थलमार्ग (नाका)बाट सिमाना ओहोरोदोहोरो गर्ने यात्रुका लागि भन्सार छुटको सुविधामा केहि लचकता अपनाएको छ । राजपत्रमा नयाँ व्यवस्था प्रकाशित गर्दै सरकारले स्थल नाकाबाट आउने यात्रुलाई एक सयसम्मको भन्सार छुटबाट ५ सय रुपैयाँसम्मको व्यवस्था गरेको हो ।
‘५ सय रुपैयाँ मूल्य बराबरको सामान ल्याएमा वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने अधिकार दिइएको छ । तर, त्योभन्दा बढी मूल्यका सामान वा व्यापारिक प्रयोजनका सामग्री ल्याएमा कानुन बमोजिम भन्सार तिर्नुपर्नेछ,’ राजपत्रमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)