पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
baahrakhari.com · Sat Jul 18 12:29:47 GMT 2026

काठमाडौं । पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । कुश्मा नगरपालिका–९, एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग१त ७२७३ नम्बरको ट्याक्टर शनिबार (साउन २) दिउँसो करिब १४ः३० बजे अनियन्त्रित भई सडकबाट झन्डै १०० मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)