ताप्लेजुङ गोल्डकप : पाँचथर सेमिफाइनलमा
gorkhapatraonline.com · Sat Aug 29 12:11:54 GMT 2026
अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा फिदिम स्पार्टिङ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चित्लाङ फुटबल क्लबलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै पाँचथर फाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । शनिबार भएको खेलमा पाँचथरका गोलकिपर मिराक खजुम म्यान अफ दि म्याच हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)