बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज घोषणा
annapurnapost.com · Sat Aug 29 12:09:53 GMT 2026

काठमाडौं : चौधरी फाउन्डेसन र नबिल बैंकले बाढीबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा गरेका छन्। उनीहरूलाई आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनर्स्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ १५ करोड रुपैयाँ बराबरको कार्यक्रम घोषणा गरेका हुन्।
कार्यक्रमको पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसन र नबिल बैंकले प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएका छन्। राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तुहरू समावेश छन्। पहिलो चरणअन्तर्गतका राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्याउन थालिएको हो। यस कार्यका लागि चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारीहरू स्थानीयस्तरमा परिचालित भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)