५ वर्षमा आधा पनि नबन्ने मेची करिडोर : ठेकेदारको ढिलाइले सडक बन्द हुँदा इलामबासीलाई सास्ती
nepalviews.com · Sat Jul 18 12:48:54 GMT 2026

इलाम । मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहँदा वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा सडक (मेची करिडोर) निर्माणमा भएको ढिलाइले पूर्वी पहाडका तीन जिल्ला—इलाम, पाँचथर र ताप्लेजुङका नागरिकलाई थप सास्ती दिएको छ । राजमार्ग अवरुद्ध हुँदा सहज यात्रा हुने अपेक्षा गरिएको यो सडक वर्षौंदेखि अलपत्रजस्तै बन्दा जनजीवन प्रभावित बनेको हो ।
मेची राजमार्ग हुँदै झापाको बिर्तामोड पुग्न करिब ८६ किलोमिटर दूरी पार गर्नुपर्छ । तर, केचना–कञ्चनजंघा सडक निर्माण सम्पन्न भएको खण्डमा यही दूरी घटेर करिब ४८ किलोमिटरमा सीमित हुने छ । छोटो दूरी, समय बचत र सहज आवतजावतका लागि महत्त्वपूर्ण मानिएको यो आयोजना निर्माण ढिलाइका कारण अहिले प्रभावकारी हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)