तिब्र युक्रेनी आक्रमणका कारण रूसमा इन्धनको अभाव चर्कियो
barnanmedia.com · Sat Jul 18 12:49:28 GMT 2026

मस्कोबाट करिब ३०० माइल (४८० किलोमिटर) उत्तरमा रहेको भोलोग्डाबाट फर्कने क्रममा रुसी दम्पती येलेना र दिमित्रीले चार वटा पेट्रोल पम्प पार गरेपछि मात्र इन्धन उपलब्ध भएको पम्प भेट्टाए । केही रूसी क्षेत्र बाहेक सबै जसो क्षेत्र इन्धनको अभावबाट ग्रस्त भएको जनाइएको छ ।
पछिल्लो युक्रेनी आक्रमणले रूसी डिपोलाई लक्षित गरेकाले सन् २०२२ मा द्वन्द्व सुरु भएको अवधि भन्दा सामान्य जीवनमासमेत बाधा पुर्याएको जनाइएको छ । विश्वको शीर्ष तेल उत्पादक मध्येको एक देश रूसमा यो सङ्कट अभूतपूर्व भएको जनाइएको छ जहाँ इन्धन अहिले सम्म सजिलै उपलब्ध थियो र युरोपको तुलनामा धेरै सस्तो थियो । तर पछिल्लो समय युक्रेन द्वन्द्वको चरमताको समयमा पेट्रोलका लागि पेट्रोल स्टेशनमा लाइन लाग्नु पर्ने अवस्था निम्त्याएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)