मधेश प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. यादव नियुक्त
shilapatra.com · Sat Jul 18 13:38:00 GMT 2026

मधेश प्रदेश सरकारले डा. सत्यनारायण यादवलाई मधेश प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गरेको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार डा. यादवलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नियुक्तिपछि आयोगका उपाध्यक्ष राजकुमार सिंहले डा. यादवलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)