बागमतीका मुख्यमन्त्रीलाई एमालेले भन्यो- समर्थन फिर्ता लिन्छौं
barnanmedia.com · Sat Jul 18 13:35:54 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय बारे जानकारी गराएको छ ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शनिबार मुख्यमन्त्री बानियाँलाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसकेको अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीले दलको निर्णय बारे मुख्यमन्त्रीज्युलाई जानकारी गराइसकेका छौं । हाम्रा मन्त्रीज्युहरूलाई पनि आवश्यक निर्देशन दिइसकिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)