बाल संगठनबाट २० बालबालिकाको उद्धार
baahrakhari.com · Sat Jul 18 13:56:07 GMT 2026

काठमाडौं । नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार गरिएको छ । त्यहाँ रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी उनीहरूको उद्धार गरिएको महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
शनिबार (साउन २) बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम दूषित र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएको थियो । यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण हुने मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)