बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
arthasansar.com · Sat Aug 29 12:22:47 GMT 2026

युरोपियन युनियन (ईयू) ले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ । ईयूले शनिबार विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो ।
ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन् । ‘उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताको अतिरिक्त हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्पछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्वतयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग सुरु गरेका थिए ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)