समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही
gorkhapatraonline.com · Wed Jun 03 09:20:06 GMT 2026

जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सचेत गराएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पछिल्लो समय केही खरिदकर्ताले सरकारले तोकेको मूल्यभन्दा कम दरमा धान खरिद गरी कृषकहरूलाई मर्कामा पारेको भन्ने जनगुनासो प्राप्त भएपछि सचेत गराएको जनाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)