काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन कार्यान्वयनमा
makalukhabar.com · Sat Jul 18 14:47:48 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहालगायत सुविधाको व्यवस्था गरेको छ । यही साउन १ गतेदेखि लागू भएको ‘काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०८३’ अनुसार आर्थिक वर्ष २०८३र८४ का लागि छुट तथा जरिवाना मिनाहा दिइएको हो ।
ऐनले करदाताहरूलाई विभिन्न शीर्षकमा विशेष छुट, सहुलियत र पुराना बक्यौतामा जरिवाना मिनाहाको व्यवस्था गरेको छ । त्यस्तै करदाताहरूलाई तोएिको समयमै कर बुझाउन प्रोत्साहन गर्ने उद्देश्यले महानगरले विशेष सहुलियत प्रदान गरेको छ । जसअनुसार चालु आर्थिक वर्षको सम्पत्ति कर, व्यवसाय कर र बहाल कर आगामी असोज मसान्तभित्र दाखिला गरेमा कूल कर रकममा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)