कान्ति माविको क्रान्ति : सरकारी विद्यालयबाट उत्कृष्टताको राष्ट्रिय मानक
nepalpress.com · Sat Jul 18 15:17:54 GMT 2026

नेपालमा प्रजातन्त्रको पहिलो बिहानी झुल्किँदै गर्दा वि.सं. २००८ सालमा दुईवटा स–साना प्राथमिक विद्यालयको मेलबाट एउटा शैक्षिक यात्रा सुरु भएको थियो । बुटवलको मुटु टुँडिखेलको छेउमा रोपिएको त्यही सानो बिरुवा आज नेपालकै विशाल धरोहर कान्ति माध्यमिक विद्यालयका रूपमा खडा छ । यो त्यही ऐतिहासिक आँगन हो, जसले शाहवंशीय इतिहासमा जनप्रिय मानिएका राजा महेन्द्र शाहदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसम्मलाई स्वागत गरिसकेको छ ।
राजा महेन्द्रको नजर परेको र देशकै प्रथम राष्ट्रपतिको पाइलाले पवित्र बनेको यो ऐतिहासिक शिक्षालयले आज इतिहासको त्यही गौरवमय विरासतलाई शिरमा बोकेर वर्तमानमा यस्तो चमत्कारिक फड्को मारेको छ, जसले नेपालको सार्वजनिक शिक्षाको इतिहास र वर्तमानलाई दुई फरक किनारमा उभ्याइदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)