भानुजयन्तीका अवसरमा कविता गोष्ठी
baahrakhari.com · Sat Jul 18 15:25:13 GMT 2026

काठमाडौं । ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलले २१३औँ भानुजयन्तीको अवसर पारेर विशेष कवि गोष्ठीको आयोजना गरेको छ ।
शनिबार (साउन २) स्कुलको सभा भवनमा आयोजित कार्यक्रममा कविहरू प्रह्लाद पोखरेल, अमरदीप सुनुवार, अस्मिता केसी, अशेष मल्ल, उषा शेरचन, एसपी कोइराला, खुमनारायण पौडेल, चन्द्र घिमिरे, धीरेन्द्र प्रेमर्षि, डा. विमल कोइराला, ठाकुर बेलवासे, बाबु त्रिपाठी, भीष्म उप्रेती, मित्रबन्धु पौडेल, मणि लोहनी, राजेन्द्र शलभ, लक्ष्मी रुम्बा, विधान आचार्य, विप्लव ढकाल, शकुन्तला शर्मा, हंशावती कुर्मी र यादव भट्टराईले आआफ्ना कविता वाचन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)