न्यायालय सुधार सहकार्यबाट मात्रै सम्भव : प्रधानन्यायाधीश
annapurnapost.com · Wed Jun 03 10:08:51 GMT 2026

काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयन्त हुने बताएका छन्। सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यसअघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलम्बन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो प्रयन्त हुने बताए।
अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभइ अन्तिम विकल्पको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)