नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकमा सवारी सञ्चालन बन्द
himalpress.com · Sat Jul 18 15:32:17 GMT 2026

चितवन – लगातार वर्षा र थप वर्षाको पूर्वानुमानका कारण जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार धादिङसहित छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र रातिको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना तथा अन्य जोखिम बढ्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)