दर्ताबिनाका अस्पताल मुख्यमन्त्रीले बन्द गराए, पालिकाले अस्थायी अनुमतिपत्र दिएर खुलाए
ekantipur.com · Fri Mar 21 17:13:22 GMT 2025
रौतहट — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिनादर्ता र मापदण्डविपरीतका अस्पताल बन्द गराए पनि अहिले अटेर गरेर सञ्चालनमा ल्याएका छन् । मुख्यमन्त्री सिंहले फागुन १७ गते चन्द्रपुर नगरपालिकाका अस्पतालको अनुगमन क्रममा १० वटा दर्ताबिना सञ्चालनमा रहेको पाइएपछि बन्द गराएका थिए ।
मुख्यमन्त्री सिंहले अस्पताल बन्द गराएको एक सातापछि चन्द्रपुर नगरपालिकाले स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ को दफा ५३ अनुसार भन्दै ३५ दिनका लागि अस्थायी अनुमतिपत्र दिएर सञ्चालन गरेको थियो । त्यसपछि मुख्यमन्त्रीले बन्द गराएका चन्द्रपुर सिटी अस्पताल, हाइवे ट्रमा सेन्टर, सिभिल अस्पताल, सिम्स अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल, अर्थोपेडिक अस्पतालहरु धमाधम सञ्चालनमा आए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)