राप्रपाको वैधानिकता हिजोबाट सकिएकाे राणाको दाबी, नयाँ शक्ति निर्माणमा जुट्न आह्वान
nepalpress.com · Wed Jun 03 10:41:06 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीले आफ्नो वैधानिक हैसियत गुमाएको दाबी गर्दै नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि अपिल गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले नेतृत्वको अदूरदर्शिता र गैरजिम्मेवारीपनका कारण पार्टी अहिलेको गम्भीर अवस्थामा आइपुगेको समेत बताएका छन् ।
राणाको भनाइअनुसार एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल गत मंसिरमै समाप्त भएको थियो । वैधानिक बाध्यताका कारण एक वर्षअघि नै उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा गठित महाधिवेशन सुझाव समितिले जेठ महिनाभित्र महाधिवेशन गर्न सुझाव दिएको थियो । सोही अनुसार ६ महिना समय थप गरिए पनि हिजो जेठ १९ गते उक्त समय सीमा सकिएसँगै पार्टीले वैधानिकता गुमाएको राणाको तर्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)