भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे
rajdhanidaily.com · Sat Aug 29 12:30:24 GMT 2026

काठमाडौं । भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६ सय ६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार अपराह्न ४ बजेसम्मकाे तथ्यांक संकलन गरी सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट ती शवहरू बरामद गरिएका हुन्।
प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा २४८ र नवलपरासी पूर्वमा १५८ वटा शव फेला परेका छन्। त्यसैगरी नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)