भोटेकोशी बाढी : गोरखामा २९ शवहरुको अन्त्येष्टि
annapurnapost.com · Sat Aug 29 12:29:29 GMT 2026

गोरखा : बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर त्रिशुलीको गोरखातर्फको बगरमा भेटिएका शवहरुको अन्त्येष्टि गरिएको छ। जिल्लाको भू–भागमा हालसम्म फेला परेका ५५ शवमध्ये शनिबार २९ वटाको अन्त्येष्टि गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
हालसम्म पहिचान खुल्न नसकेका र पहिचान खुल्न नसक्ने शरीरका विभिन्न अंगहरुको सामुहिक रुपमा अन्त्येष्टि गरेको प्रमख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए। ‘फेला परेका सवै शवहरु व्यवस्थित गर्न गोरखामा शवगृहको अभाव छ’, उनले भने, ‘दैनिक नयाँ–नयाँ शवहरु फेला पर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनका लागि पहिचान खुल्न नसक्ने शवहरु अन्त्येष्टि गरेका हौँ।’ उक्त शवहरुबाट डिएनए परीक्षणका लागि नमूना लिएर अन्त्येष्टि गरेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)