मिनीट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते
lokaantar.com

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।
आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)