भारी वर्षाको जोखिम: काठमाडौं भित्रिने तथा बाहिरिने यात्रु र सवारी साधनलाई प्रशासनको विशेष सतर्कता अपिल
kalakarmi.com · Sat Jul 18 16:33:05 GMT 2026

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको भन्दै सडकमार्गबाट काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै यात्रु र सवारी साधनलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम पौडेलद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको सन्दर्भ उल्लेख गर्दै काठमाडौं उपत्यकाका उत्तर, दक्षिण, पूर्व र पश्चिमका सबै प्रवेश नाकाबाट आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीका चालक, सहचालक, सवारी धनी र यात्रुले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)