आन्तरिक उत्पादनसँगै विदेशी लगानीकर्तालाई आकर्षित गर्ने बजेट - उद्योग परिसंघ
arthasansar.com

नेपाल उद्योग परिसंघले नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई सकारात्मक रूपमा स्वागत गरेको छ। औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएको यो बजेटको प्रभावकारी कार्यान्वयनले देशको अर्थतन्त्रलाई नयाँ दिशातर्फ अघि बढाउन आधार तयार गर्ने विश्वास परिसंघले व्यक्त गरेको छ। साथै, यस बजेटले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नुका साथै विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थबीच भन्सारमा एक तहको फरक कायम गर्दै २७३ वस्तुमा भन्सार घटाउने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन र औद्योगिकीकरणको गति बढाउन सहयोग पुग्ने परिसंघको बुझाइ छ। यस्तै, ३६० वटा वस्तुमा अन्तःशुल्क खारेज गरिनुले उत्पादन लागत घटाउन मद्दत गर्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)