रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत
ratopati.com · Wed Jun 03 11:47:00 GMT 2026

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति भएको बताएका छन् । सभापति लामिछानेले आज त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्तालाई लिएर अध्यक्ष राउतले गम्भीर राजनीतिक टिप्पणी गरेका हुन् ।
सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिचको भेटघाट सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै डा.राउतले यो भ्रमण मधेसी समुदायलाई राजनीतिक रूपमा किनारा लगाउने अर्को रणनीतिक योजना नहोस् भनी सचेत गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)