‘समाज कल्याण परिषद्लाई ‘सामाजिक विकास बोर्ड’ बनाऔँ’
gorkhapatraonline.com · Wed Jun 03 11:46:43 GMT 2026

लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय, सुशासन तथा समावेशी विकासका क्षेत्रमा क्रियाशील ३० भन्दा बढी नागरिक तथा सामाजिक संस्थाका महासङ्घ र सञ्जालहरूले समाज कल्याण परिषद्लाई पुनःसंरचना गरी स्वतन्त्र, अधिकारसम्पन्न र समावेशी “सामाजिक विकास बोर्ड” स्थापना गर्न सरकारसँग आग्रह गरेका छन् ।
बुधबार संयुक्त पत्रकार सम्मेलन गरी ती संस्थाहरूले सरकारको शासकीय सुधार योजना, नीति तथा बजेटमार्फत समाज कल्याण परिषद् खारेज गर्ने प्रस्तावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)