न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी छः प्रधानन्यायाधीश शर्मा
kendrabindu.com · Wed Jun 03 11:55:21 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन् ।
सर्वोच्च अदालत बार एसोसिएसनले आज प्रधानन्यायाधीश डा. शर्माको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताए । “विधिको शासन, संविधान, मानव अधिकार संरक्षणमा सर्वोच्च बारको महत्वपूर्ण भूमिका हुन्छ”, प्रधानन्यायाधीश शर्माले भने, “बेन्च र बार एकापसमा मिलेर काम गर्नुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)