‘रविलाई बोलाएर मोदीले ‘ग्रीन सिग्नल’ दिए, अब प्रधानमन्त्री पूरा तयारीसाथ जानुपर्छ’
khabarhub.com · Wed Jun 03 13:08:18 GMT 2026

भारतका लागि नेपाली पूर्वराजदूत डा. शंकर शर्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्मानले नेपालप्रति विश्वास बढाएको बताउँछन्। भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँदिल्ली पुगेका लामिछानेले मोदीलाई भेट्नु एकदमै सकारात्मक र परिस्थिति अनुकूल भनेर उनले टिप्पणी गरेका छन् । अब विवादका विषयहरू कूटनीतिक ढंगले सल्टाउन प्रधानमन्त्री वालेन्द्र शाहले तयारी गर्नुपर्ने बताउँछन्। भारतले विवादका विषयहरू कूटनीतिक ढंगले सल्टाउन नेपाललाई रेड कार्पेट ओछ्याउनुका साथै ग्रीन सिग्नल पनि दिएको बताउँदै शर्मा लामिछानेको भ्रमण सफल र फलदायी रहेको विश्लेषण गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)