जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
ratopati.com · Wed May 08 18:00:00 UTC 2024

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले पार्टी विभाजन गर्ने नेताहरू अशोक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव, इस्तियाक राई, प्रदीप यादवलगायतको खुलेर आलोचना गरेका छन् । उनीहरुले पार्टीबाट पटक पटक फाइदा लिएर पार्टीलाई नोक्सान पुर्याउने काम गरेको केन्द्रीय सदस्यहरूको गुनासो थियो ।
जसपा नेपाल मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवले प्रदीप यादव दुई कार्यकाल संसद् रहे पनि हरेक कार्यकालमा संसदीय कोषबाट सञ्चालन हुने विकास निर्माणका कार्यक्रमहरू बेचेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)