वीर अस्पतालमा आफन्त कुरिरहेकी ज्येष्ठ नागरिक
ratopati.com · Thu Aug 27 10:52:56 GMT 2026

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित ७५ वर्षीया वृद्धाको उपचार वीर अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार ती वृद्धाको पहिचान भएको छैन । रसुवाबाट उद्धार गरी ल्याइएकी ती बृद्धाको वीरको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
अस्पतालका एक कर्मचारीले भने, ‘उहाँले आफ्नो बारेमा खुलाउनुभएको छैन । स्पष्ट बोल्नुहुँदैन । कसैको आफन्त हुनुहुन्छ भने अस्पतालमा सम्पर्क गरिदिनुहोला ।’ पहिचान नखुलेकी अन्दाजी ७५ देखि ८० वर्षकी एक वृद्ध महिलाको अवस्था स्थिर रहे पनि बोल्न नसक्ने अवस्थामा रहेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)