पब्जीमा नेपाली टिमलाई ऐतिहासिक सफलता, विश्वकै प्रतिष्ठित प्रतियोगिताबाट जित्यो ६५ लाख रुपैयाँ
techpana.com · Mon Jul 26 03:47:11 GMT 2021
काठमाडौं । नेपालको पब्जी मोबाइल टिम डीआरएस गेमिङ ले ऐतिहासिक सफलता पाएको छ । हालै सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ (पीएमडब्लुआई) मा डीआरएसले ६५ लाख रुपैयाँ प्राप्त गर्न सफल भएको हो ।
सो प्रतियोगितामा ‘पीएमडब्लुआई इस्ट’ र ‘पीएमडब्लुआई वेस्ट’ गरी विश्वका ३२ पब्जी माेबाइल टिमले प्रतिस्पर्धा गरेका थिए । पीएमडब्लुआई इस्ट अन्तर्गत डीआरएस १४४ प्वाइन्टसहित ८औं स्थानमा रहन सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)