बागमती कप टी–२० : काठमाडौँ विरुद्ध भक्तपुर १ विकेटले विजयी
ratopati.com · Wed Jun 03 13:47:18 GMT 2026
हेटौँडा ।हेटौँडा– ६ स्थित गौरिटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सातौँ खेलमा भक्तपुरले काठमाडौँलाई १ विकेटले पराजित गरेको छ। अन्तिम बलसम्म पुगेको प्रतिस्पर्धामा भक्तपुरले १३४ रनको लक्ष्य पूरा गर्दै जित निकालेको हो।
पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल खडा गरेको थियो । काठमाडौँका लागि ऋत गौतमले उत्कृष्ट अर्धशतकीय पारी खेल्दै ४० बलमा ६४ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)