मृतकका परिवारलाई प्रतिव्यक्ति २५ हजार राहत दिइने, प्रभावित चार जिल्लालाई तीन करोड
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौं । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको अन्तिम संस्कार तथा काजकिरियाका लागि पीडित परिवारलाई प्रतिमृतक २५ हजार रुपैयाँका दरले तात्कालिक राहत उपलब्ध गराउने भएको छ।
मुख्यमन्त्री किरण थापामगरले आज यहाँ आयोजित एक विशेष पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै विपद्को यस दुःखद घडीमा प्रभावित परिवारलाई राहत तथा उद्धार प्रदान गर्न र भत्किएका सडक, पुललगायतका भौतिक संरचनाहरूको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)