मौसमी सूचना प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच संवाद
baahrakhari.com · Sat Aug 29 12:59:32 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्रि शिशिर खनालले चिनियाँ समकक्षी वाङ यीसँग मौसमी तथ्यांक आदानप्रदान प्रभावकारी बनाउने विषयमा संवाद गरेका छन् ।
शनिबार टेलिफोन संवादमार्फत उनीहरूबीच यस विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ''दुवै पक्षले भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली विकास तथा दुई देशबीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढाउनेमा जोड दिएका छन्। नेपाल र चीनबीच विपद् व्यवस्थापन, सूचना आदानप्रदान तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निरन्तर समन्वय र सहकार्य गर्ने विषयमा दुवै पक्षबीच कुराकानी भयो,'' संवादबारे परराष्ट्र मन्त्रालयले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)