अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित
ratopati.com · Wed Jun 03 17:01:19 GMT 2026

लमजुङ । ७६ औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङमा तीन जना पर्वतारोहीलाई सम्मान गरिएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा जेठ २० र २१ गते सञ्चालन भइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रममा गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र मानराज गुरुङ सम्मानित भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका र अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी) को सहकार्यमा कार्यक्रम आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)